कालिन्जोरमा तर्जुमा समिति
सर्लाही समाचारदाता
कालिन्जोर, पुस २६ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने कालिन्जोर गाविसमा शुक्रवार एकिकृत योजना तर्जुमा समिति गठन गरिएको छ ।
गाविस सचिव गोविन्दप्रसाद ढुङ्गेल अध्यक्ष रहने गरी २० सदस्यीय समिती गठन गरिएको हो । समितीमा गाविस भित्रका राजनीतिक दलका प्रतिनिधी, महिला समुहका प्रतिनीधि, विभिन्न संघ संस्थाका प्रतिनिधी, अपाङ्ग, बाल प्रतिनिधी लगायत सदस्य रहेका छन् । समितीले गाउँ परिषदको तयारीको बारेमा छलफल गर्ने वडा नागरिक मञ्चकी सामाजिक परिचालिका दिपा देवकोटाले जानकारी दिइन् ।
No comments:
Post a Comment