Tuesday, January 14, 2014

जिविकोपार्जनका लागी महिलालाई सहयोग

जिविकोपार्जनका लागी महिलालाई सहयोग
सर्लाही समाचारदाता
सासापुर, पुस २६ ।  सासापुर गाविस भित्रका विपन्न परिवारका महिलाहरुलाई एक गैर सरकारी संस्थाले जीविकोपार्जन तथा आय–आर्जनमा सुधार ल्याउनको लागी आर्थिक सहयोग गरेको छ ।
सदरमुकाम मलंगवामा रहेको नेपाल ग्रामीण पुर्नःनिमार्ण संस्था आरआरएनले गाविस भित्रका ५ सचेतना केन्द्रका ३५ जना महिलाहरुलाई आर्थिक सहयोग गरेको हो । सचेतना केन्द्रका महिलाहरुलाई ६ हजार देखी १६ हजारसम्म गरी कुल ४ लाख १ हजार रुपैँया व्यापार तथा पशु पालनका लागी आर्थिक सहयोग गरिएको छ ।  सो रकम एक वर्ष पछि घुम्तीकोष मार्फत समुह भित्रका सदस्यहरुलाई आलोपालो गरी न्यून प्रतिशत व्याजमा  कारोवार गर्न पाउने प्रावधान रहेको छ ।
संस्थाले सासापुर सहित जिल्लाका घुर्कौली, अत्रौली, लक्ष्मिपुरकोद्राह, मोहनपुर र कविलासी गाविसमा गठन गरिएका विभिन्न सचेतना केन्द्रका सदस्यहरुलाई विभिन्न कार्यक्रममा लगानी गरेको समाजिक परिचालक हेमगंगा ढुंगेलले जानकारी दिए ।
संस्थाले वेमौसमी खेती तर्फ कविलासी, मोहनपुर र हरिपुरका विभिन्न ११ समुहमा ५० देखी ९० प्रतिशत सम्म समुहका सदस्यहरुलाई अनुदान दिई विउ विजन तथा सिँचाईमा समेत गरी ५० लाख भन्दा बढी खर्च गरेको संस्थाका कृषी प्राविधिक राजु महासेटले जनाएका छन् ।

No comments:

Post a Comment