पानी सुकेपछि गहुँ बालि प्रभावित
सर्लाही समाचारदाता
मलंगवा, पुस २४ । कुलोमा पानी सुकेपछि गहुँ बालीमा सिँचाई गर्न समस्या भएको छ । जिल्लाका उतरीक्षेत्रमा रहेका खोलाहरुमा पानी पानी सुक्न थालेपछि सिँचाई गर्न समस्या भएको हो ।
गहुँ छरेको १ महिना भन्दा बढी भैसकेको भएपनि खोलामा पानी सुकेपछि सिँचाई गर्न समस्या भएको परवानीपुरका किसान लालबहादुर रायले गुनासो गरे । गहुँ छरेको तेस्रो हप्ता सम्म खेतमामा पानी पटाउनु पर्ने भएपनि खोलामा पानी सुकेकाले सिँचाई गर्न नपाएको किसानहरुको गुनासो छ । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश खोलाहरुमा अहिले पानी सुक्दै जानथालेपछि किसानहरुलाई अन्य हिँउदे वालीमा पनि सिँचाई गर्न समस्या भएको छ । उत्तरी क्षेत्रमा पर्ने कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली लगायत गाविसमा गहुँ बालिमा पानी पटाउन समस्या भएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा भने किसानहरुले मोटर मार्फत पानी तानेर सिचाँई गरीरहेका बताइएको छ ।
No comments:
Post a Comment