Wednesday, January 15, 2014

बृद्धबृद्धालाई कम्बल वितरण

बृद्धबृद्धालाई कम्बल वितरण
सर्लाही समाचारदाता
मलंगवा, पुस ३०  ।  सदरमुकाम मलंवामा रहेको  मनोहर सिहं धर्मशालामा बस्ने ५० जना गरिब असहाय वृद्धवद्धालाई मंगलवार कम्बल बितरण गरिएको  छ ।
होटल व्यवसायी संघ मलंगवाले एक कार्यक्रमको आयोजना गरी  कम्वल वितरण गरको हो ।  संघका जिल्ला अध्यक्ष शिवजी साहको अध्यक्षता भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
जाडोमा कम्बल पाएपछि असहाय बृद्धबृद्धाहरु निकै हर्षित भएका थिए । यसैबिच सोमवारबाट पुनः सर्लाही सहित तराईका जिल्लाहरुमा फेरी चिसो बढेको छ ।

No comments:

Post a Comment