खोरेत रोगको ‘भ्याक्सिन’ अभाव
सर्लाही समाचारदाता
मलंगवा, पुस २४ । जिल्लाको दक्षिणी क्षेत्रमा फैलिएको खोरेत रोग नियन्त्रणमा लिन ‘भ्याक्सिन’ को अभाव भएको छ । दुई साता यता पशु चौपायमा खोरेत रोगको माहामारी फैलिएको भएपनि सो रोग विरुद्ध लगाउने भ्याकसिनको जिल्लामा अभाव भएको हो । अहिले जिल्लामा भ्याकसिनको अभाव हुँदा पशु चौपायमा फैलिएको यो रोग नियन्त्रणमा लिन समस्या भएको जिल्ला पशु सेवा कार्यालय सर्लाहीका पशु चिकित्सक कृष्णभुषण मेहताले बताए ।
पशु सेवा निर्देशनालय काठमाण्डौ र क्षेत्रिय ल्याव परिक्षण जनकपुरमा नै भ्याकसिन सकिएकाले जिल्लामा पनि यसको अभाव भएको महतोले जानकारी दिए । खोरेत रोगका कारण त्यस क्षेत्रमा दर्जनौ पशु चौपाय मरिसकेका छन् भने सयौँ बिरामी परेका छन् । चिसो बढेसँगै जिल्लाको दक्षिणी क्षेत्रमा यो रोगको माहामारी फैलिएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वा, हरकठवा, फेनरा, सिमारा, धनगढा लगायत क्षेत्रमा यो रोगका कारण २ सय भन्दा बढी पशु चौपाय बिरामी परेका छन् । जिल्ला पशु सेवा कार्यालका अनुसार अहिले सम्म यो रोगका कारण दुई दर्जन भन्दा बढी पशु चौपाय मरिसकेको छ ।
No comments:
Post a Comment