पुस महिनामा परिषद् सक्नुपर्ने
सर्लाही समाचारदाता
मलंगवा, पुस २५ । जिल्लास्थित सम्पुर्ण गाविसको गाँउपरिषद् पुस महिनामै सक्न स्थानीय विकास अधिकारी उमेश बस्नेतले सचिव हरुलाई निर्देशन दिएका छन् ।
समयमै परिषद सम्पन्न गरेर विकासनिर्माणका कार्य थाल्न अधिकारी बस्नेतले गाविस सचिवहरुलाई निर्देशन दिएका हुन् ।
जिविस श्रोतका अनुसार जिल्लामा अहिले केहि गाविसहरुको गाउँ परिषद् भैसकेको र बाँकी गाविसको पनि केहि दिन भित्र गाउँ परिषद सक्ने तयारी भैरहेको छ ।
केहि गाविसहरुको गाउँ परिषद भैसकेको भएपनि हाल सम्म छठौल गाविसको मात्र गाउँ परिषद् सम्पन्न भएकोे औपचारिक पत्र प्राप्त भएको एलडिओ बस्नेतले बताए । पुष महिना भित्रमा गाउँ परिषद गरी छिट्टै जिल्ला परिषद् गरिने बस्नेतको भनाई छ ।
९९ गाविस रहेको जिल्लामा यसअघि केहि गाविसको ढिलो गरी गाउँ परिषद हुदै आएको छ । विशेष गरी जिल्लाको दक्षिणी क्षेत्रको गाविसमा यस्तो समस्या
रहेको छ । यस वर्ष लामो समय देखी गाविसमा रहेको समस्यामा बजेट विनियोजना गर्न गाविस सचिवहरुलाई निर्देशन दिईएको छ । जिल्लाका ठुला आयोजनाहरु ठेक्का मार्फत कार्यान्वयन गर्ने तयारी समेत भइहेको जनाइएको छ ।
No comments:
Post a Comment