Friday, March 14, 2014

जनज्योतिमा खेलकुद प्रतियोगिता सम्पन्न

जनज्योतिमा खेलकुद प्रतियोगिता सम्पन्न
–राकेशप्रसाद गुप्ता÷सर्लाही दैनिक
लालबन्दी, फागुन ३० । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले विद्यार्थीहरुबीच सञ्चालन गरेको खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ ।
वक्तृत्वकला र भलिबल खेलको फाईनल खेल सम्पन्न भएसँगै क्याम्पसले तीनदिनदेखि सञ्चालन गरेको अतिरिक्त क्रियाक्लाप सम्पन्न भएको हो । वक्तृत्वकलामा युवराज धमला प्रथम, मीन कुमारी घिसिङ द्वितिय र सामुदायिक रेडियो एकताका जनार्जन खत्री तृत्तिय भएका छन् । त्यस्तै भलिबल प्रतियोगितामा स्नातक तेस्रो वर्षमा अध्ययनरत रुपेश पालिखेको समूह प्रथम, स्नातक दोस्रो वर्षमा अध्ययनरत दिपक कार्कीको समूह द्धितिय र स्नातक तेस्रो वर्षमा अध्ययनरत विश्वबन्धु रेग्मीको समूह तृतिय भएका छन् ।
त्यस्तै व्याडमिन्टनमा छात्रातर्फ सृष्टि शिवाकोटी र सुरक्षा आचार्यको जोडी प्रथम, दिपा धामी र शिला कोइरालाको जोडी द्वितिय र रुकमणि पौडेल र पूजा खड्काको जोडी तृत्तिय भएका छन् । निवन्धमा संगीता श्रेष्ठ प्रथम, सुरज कुमार श्रेष्ठ द्वितिय र भवानी कुमारी मगर तृत्तिय भएका छन् ।
त्यस्तै हाँजिरी जवाफ प्रतियोगितामा दुर्गा पौडेल नेतृत्वको समूह ए प्रथम, श्रीराम महतो नेतृत्वको समूह बी द्वितिय र लक्ष्मण धमला नेतृत्वको समूह सी तृत्तिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेहरुलाई क्याम्पसको तीन महिनाको शुल्क छुट तथा दोस्रो हुनेलाई दुई महिनाको शुल्क छुट र तेस्रो हुनेलाई डायरी र प्रमाण–पत्र मात्र प्रदान गरिएको क्याम्पसका खेलकुद सदस्य सचिव धर्मेन्द्र अधिकारीले जानकारी दिए ।
प्रध्यापक विवश पौडेलले सञ्चालन गरेको कार्यक्रममा क्याम्पस प्रमुख विरेन्द्र चौधरी, प्राध्यापकहरु बाबुराम दाहाल, भुवन बराल लगायत सहभागी रहेका थिए । आगामी वर्षहरुमा क्याम्पसको क्यालेण्डरमा नै खेलकुद सप्ताह राखिने तयारी सुरु गरिएको बताइएको छ ।

No comments:

Post a Comment