Friday, March 14, 2014

युवा संघमा चौलागाईं

युवा संघमा चौलागाईं
सर्लाही समाचारदाता
हरिवन, फागुन ३० । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल सर्लाहीको सातौं जिल्ला सम्मेलनले रमेश चौलागार्इंको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
विहिबार रातभर नेताहरुले गरेको अथक प्रयास पश्चात सर्वसम्मत रुपमा चौलागार्इंको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । विहान साँढे ४ बजे चौलागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्ने युवा संघका केन्द्रीय एवं एमालेका जिल्ला नेताहरुबीच सहमति भएको थियो ।
समितिको उपाध्यक्षमा मलंगवाका धिरेन्द्र साह, सचिवमा नारायणखोलाका शुक्र थिङ, सहसचिवमा नवलपुरकी कविता कार्की र कोषाध्यक्षमा ढुंग्रेखोलाका रामकुमार खड्का चयन भएका छन् । ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।
अध्यक्षका लागि पूर्व जिल्ला सदस्य देवराज चालागाईं लगायतले पनि आकांक्षा राखेपछि युवा संघका नेता एवं एमालेका नेताहरुलाई सर्वसम्मत नेतृत्व चयनका लागि रातभर लागेको थियो । गाविसको कार्यालय हरिवन परिसरमा विहिबार विहानबाट सुरु भएको सम्मेलन शुक्रबार विहान साँढे ५ बजे सकिएको हो ।
पूर्व जिल्ला अध्यक्ष उत्तरकुमार मैनालीले विगत एकवर्षदेखि कार्यबाहक दिएपछि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका चौलागार्इं पुनः युवा संघको जिल्ला अध्यक्षमा चयन भएका हुन् । संगठनलाई अझ सशक्त ढंगले अगाडी बढाउनका लागि आफू सकृय हुने नव निर्वाचित अध्यक्ष चौलागाईंले बताए ।

No comments:

Post a Comment