सर्लाही समाचारदाता
हजरिया, चैत १६ । हजरिया गाविस ३ बाट प्रहरीले भरुवा बन्दुक सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीको क्रममा बाग्मती खोलाको किनारमा शंका लागी चेकजाँच गर्ने क्रममा युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हजरिया ३ का २७ वर्षीय रमा लामा, १८ वर्षीय आकाश लामा, १९ वर्षीय विशाल लामा, १६ वर्षीय सुमन लामा र हजरिय १ का ३० वर्षीय जगत मोक्तान रहेका छन् ।
गोली लोड गरेर तयारी अवस्थामा रहेको भरुवा बन्दु भने बाग्मती खोलाको किनारमा लुगाई छोपेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । युवाहरुको साथमा एन्जेशील नामक विषादी समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको पाँचै जना युवाहरुलाई ईलाका प्रहरी कार्यालय बरहथवाले म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
No comments:
Post a Comment