Friday, March 14, 2014

भूमि अधिकारका लागि धर्ना र ¥याली

भूमि अधिकारका लागि धर्ना र ¥याली
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ३० । सरकारले बसोबास तथा जोतभोग गरिरहेको जग्गाबाट भूमिहिन सुकुम्बासीलाई उठीबास गराउन थालेको भन्दै त्यसको विरोधमा राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीले शुक्रबार धर्ना र ¥याली गरेको छ ।
मञ्चको आयोजनामा जिल्ला वन कार्यालय सर्लाहीमा अपरान्ह धर्ना दिईएको हो । धर्नामा सयौंको सहभागिता रहेको थियो ।
सरकारले वन रणनीति–२०६८ लागु गरि वन क्षेत्रको जग्गामा वसोबास गरिरहेका भूमिहिन बासिन्दालाई जबर्जस्ती हटाउन सुरु गरेको विरोधमा धर्ना र ¥याली गरिएको मञ्चकी केन्द्रीय सचिव सरस्वती सुब्बाले बताइन् । ‘‘वन क्षेत्रमा बसिरहेका सुुकुम्बासी परिवारलाई जबर्जस्ती बल प्रयोग गरेर हैन, विकल्प सहित हटाउनु पर्छ भन्ने हाम्रो माग हो ।’’ सुब्बाले प्रतिप्रश्न गर्दै सर्लाही दैनिकसँग भनिन्–‘‘वन क्षेत्र ४० प्रतिशतभन्दा घट्न हुँदैन भन्नेमा हामी सचेत छौं तर त्यही बहानामा विना विकल्प सोझा साझा जनतालाई उठीबास लगाउन खोज्नु कतिको उचित हुन्छ ?’’
लालबन्दी बजारबाट सुरु भएको सयौं सहभागि ¥याली भूमि अधिकारको विषयमा नाराबाजी गर्दै जिल्ला वन कार्यालयमा अपरान्ह पुगेर धर्नामा परिणत भएको थियो । दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना गरिएको मञ्चका सर्लाही सचिव मदन विश्वकर्माले बताए । भूमीहिन सुकुम्बासीहरुको हक अधिकारका लागी लड्दै आएको भूमी अधिकार मञ्च नेपालले शुक्रबार सर्लाही सहित देशका ५२ जिल्लामा एकसाथ ¥याली तथा धर्ना कार्यक्रम सम्पन्न गरेको सुब्बाले बताइन् ।
धर्ना पश्चात भएको विरोध सभामा अध्यक्ष जीत बहादुर गोले, सचिव मदन विश्वकर्मा, कोषाध्यक्ष भवानी घिमिरे, अभियानकर्ता इन्द्र लामा लगायतले सुकुम्बासीहरुलाई बिना विकल्प हटाइएमा कडा अन्दोलन गर्ने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment