तुलाधर दम्पतिको सहयोग
सर्लाही समाचारदाता
जुटपानी, चैत ०५ । नेत्रगंजको जुटपानी स्थित पद्म भुवनेश्वरी वद्ध सेवा आश्रममा बुधबार एक दम्पतिले सहयोग प्रदान गरेका छन् ।
हरिवन गाविस–२ माइती भएकी अन्जु तुलाधर र उनका श्रीमान सौरभ तुलाधरले त्यस्तो सहयोग गरेका हुन् । उनीहरुले ३५ जना वृद्धवृद्धा र उनीहरुका सहयोगीलाई नगद, फलफुल र खाद्यान्न लगायतको सहयोग गरेको वृद्धाश्रमले जनाएको छ । काठमाण्डौ घर भएपनि हाल जर्मनमा वस्ने तुलाधर दम्पतिलाई वृद्धाश्रमका सस्थापक वासुदेव शरण कोइरालाले धन्यवाद प्रदान गरेका छन् । कार्यक्रममा अन्जुका वुवा आमा भरतनाथ उप्रेती, शशि उप्रेती र कल्पना उप्रेती लगायतको सहभागिता थियो ।
No comments:
Post a Comment