Friday, March 21, 2014

विद्युत नहुँदा विद्यार्थी मर्कामा

विद्युत नहुँदा विद्यार्थी मर्कामा
सर्लाही समाचारदाता
हरिवन, चैत ०५ । एसएलसी परीक्षा अवधीभर साँझ विद्युत लोडसेडिङ नहुने चर्चा चलेपनि सो कुरा व्यवहारमा कार्यान्वयन नहुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
विद्युत लोडसेडिङका कारण साँझ अध्ययन गर्न समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । केही दिनअघि उर्जा मन्त्री राधा ज्ञवालीले केही दिनअघि एसएलसी अवधीभर विद्यार्थीहरुको मर्कालाई ध्यानमा राखी साँझ ७ बजेदेखि ९ बजेसम्म लोडसेडिङ नगरिने बताएकी थिइन् । तर उक्त भनाई व्यवहारमा लागू भएको छैन ।
‘‘टुकी वा मैनबत्तिका भरमा पढ्नु पर्दा परीक्षा नै प्रभावित हुने हो कि भन्ने डर लागिरहेको छ ।’’ परीक्षार्थी सुष्मा कँडेलले भनिन्–‘‘विद्युत भए पढनका लागि धेरै सहज हुने थियो ।’’ मुलुकका अन्य जिल्लाका तुलनामा सर्लाहीमा चुहावटको बहाना र ढल्केबर सबस्टेशनमा भएको खराबी देखाएर घण्टौं थप लोडसेडिङ हुँदै आएको छ ।

No comments:

Post a Comment