Friday, March 14, 2014

ट्राफिकको फोटो प्रदर्शनी आज

ट्राफिकको फोटो प्रदर्शनी आज
सर्लाही समाचारदाता
हरिवन, फागुन २७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ट्राफिक नियमको जानकारी एवं सडक दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत बुधबार हरिवनमा फोटो प्रदर्शनी र पर्चा पम्प्लेट वितरण गर्ने भएको छ ।
ट्राफिक नियम सहित चेतनामुलक फोटो प्रर्दशनी सहित सवारी चालक, पैदलयात्री, मोटरसाईकल चालकलाई चेतनामुलक पर्चा पम्प्लेट वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बेनप्रसाद श्रेष्ठले बताए । अभियान अन्तर्गत बुधबार हरिवनमा, विहिबार लालबन्दीमा र शुक्रबार नवलपुरमा फोटो प्रदर्शनी एवं पर्चापप्पलेट वितरण गरिने छ ।
दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरी सँगसँगै नागरिक भन्ने नाराका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो । ट्राफिक नियम विपरीत सवारी साधन सञ्चालन गर्दा र सडकमा हिँड्दा दुर्घटना हुन गएका फोटोहरु प्रशर्दनी गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment