मिनि ट्रकको ठक्करबाट एकको मृत्यु
सर्लाही समाचारदाता
हरिवन, फागुन २५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको बाँसाटोलमा मिनि ट्रकको ठक्करबाट घाइते भएका एकजनाको आइतबार मृत्यु भएको छ ।
ना. ४ ख ३४९८ नम्बरको मिनिट्रकको ठक्करबाट घुर्कौली गाविस–४ निवासी ५५ वर्षिय चौधरी महतोको मृत्यु भएको हो । हरिवन गाविस–९, बाँसाटोलमा उनलाइ सो ट्रकले विहान सबा ११ बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका महतोलाई नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको थियो ।
वीरगंजमा उपचार गर्दागर्दै महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकले राजमार्ग पार गर्न खोज्दै गरेका महतोलाई ठक्कर दिएको थियो । उनको शव नारायणी उप क्षेत्रिय अस्पतालमै पोष्टमार्टम गरि आइतबार राती साँढे ९ बजेतिर घर ल्याईएको छ ।
No comments:
Post a Comment