जनमोर्चाका महिला भेला हुने
सर्लाही समाचारदाता
हरिवन, फागुन २८ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ३० गते अर्थात शुक्रबार जिल्ला महिला भेला आयोजना गर्ने भएको छ ।
भेलाको पार्टी नेतृ एवं सभासद् मिना पुनले उद्घाटन गर्ने जिल्ला नेता विष्णु थिङले बताए । हरिवनमा हुने भेलाले महिलाको हक अधिकार एवं नयाँ निर्माण हुने संविधानमा महिलाको अधिकार सुनिश्चित गर्ने विषयमा विभिन्न निर्णयहरु गर्ने बताइएको छ । भेलामा सर्लाहीभरका पार्टी सम्बद्ध महिलाहरु सहभागि हुने थिङले बताए ।
No comments:
Post a Comment