Friday, March 14, 2014

नारायणखोलामा घुम्ती शिविर

नारायणखोलामा घुम्ती शिविर
सर्लाही समाचारदाता
मलंगवा, फागुन २७ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार नारायणखोलामा सरकारी सेवा सुविधा दिनका लागि सरकारी कार्यालयहरुको घुम्ति शिविर सञ्चालन हुने भएको छ ।
नारायणखोला गाविस स्थित मटरदोभानमा विहान १० बजेदखि एकदिने घुम्ति शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । जिल्लाकै विकट गाविस मानिने नारायणखोलामा राखिने शिविरबाट सो गाविस सहित आसपासका बासिन्दा समेत लाभान्वित हुने स्थानीय प्रशासनले विश्वास लिएको छ ।
शिविरमा नागरिकता बनाउने, मतदाता नामावलीका लागि फोटो खिचाउने सहित मालपोत, नापी, जनस्वास्थ्य, पशु सेवा, कृषि, हुलाक, घरेलु, वागवानी लगायत विभिन्न सरकारी कार्यालयबाट सेवा प्रदान हुने प्रजिअ घिमिरेले बताए । घुम्ती शिविर तयारीका लागि मंगलबार प्रजिअ घिमिरेले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल समेत गरेका थिए ।

No comments:

Post a Comment