Tuesday, March 11, 2014

कार्यकारी सम्पादक सम्मानित

कार्यकारी सम्पादक सम्मानित


सर्लाही समाचारदाता
मलंगवा, फागुन २६ । जिल्ला विकास समिति सर्लाहीको १९औं जिल्ला परिषदमा सोमबार यस सर्लाही दैनिकका कार्यकारी सम्पादक टंकबहादुर क्षेत्री सम्मानित भएका छन् ।
जिल्लाको विकास निर्माणका लागि सकृय रुपमा कलम चलाएको भन्दै परिषदमा कार्यकारी सम्पादक क्षेत्रीलाई दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरिएको थियो । क्षेत्रीलाई सभासद् शम्भुलाल श्रेष्ठ, कमलादेवी महतोले दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरेका थिए । त्यस्तै काठमाडौंमा बसेर पनि सर्लाहीको विकास निर्माणमा पत्रकारिताको माध्यमले सकृयता देखाएर सह्रानीय कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश मिश्रलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको छ । मिश्र काठमाडौंमै रहेकाले उनको प्रशंसा–पत्र पत्रकार महासंघका सर्लाही अध्यक्ष अमन कोइरालाले बुझेका थिए । त्यस्तै विकास पत्रकारितामा सह्रानीय कार्य गरेको भन्दै मधेश पोष्ट दैनिकका कार्यकारी सम्पादक विश्वनाथ ठाकुरलाई समेत दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरिएको छ । परिषदमा पत्रकारिता सहित विभिन्न ११ विधामा सह्रानीय काम गरेको भन्दै विभिन्न क्षेत्रका १६ जनालाई सम्मान गरिएको थियो भने ३ जना कर्मचारीलाई लामो समय सेवा गरेवापत दिर्घ सेवा सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा समाजसेवातर्फ पद्मभुवनेश्वर वृद्धसेवा आश्रमका संरक्षक बासुदेवशरण कोइराला, चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहकी प्रिन्सिपल बेची लुंगेली, उत्कृष्ट काम गर्ने सरकारी कार्यालयका प्रमुखतर्फ महिला बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठ, मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, गैर सरकारी क्षेत्रतर्फ उत्कृष्ट काम गरेवापत ग्रामीण पुनर्निर्माण नेपालकी जिल्ला संयोजक मिना थापा र हरिपुरको ग्रामीण नारी उत्थान संघकी अध्यक्ष सुधा चालिसे, दातृ निकायतर्फ उत्कृष्ट सहयोग एवं सकृयता देखाएबापत संयुक्त राष्ट्र जनसंख्या कोषका जिल्ला संयोजक बच्चेलाल महतोलाई समेत सम्मान गरिएको छ । त्यस्तै जिविसबाट उपभोक्ता समिति मार्फत गतवर्ष भएका कामहरु मध्ये उत्कृष्ट मलंगवा नगरपालिका–५ स्थित जामिया नुरिया मदरसा उपभोक्ता समिति, गाविस सचिवतर्फ जिल्लालाई खुला दिशामुक्त क्षेत्र बनाउने अभियानमा सकृय बनेको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण, बरहथवा गाविसमा कार्यरत रहदा सुधार गरेको भन्दै कमल पौडेल,  स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मीपुर को. उपस्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र साह, खुला दिशामुक्त क्षेत्र बनाउनका लागि गाविसमा उत्कृष्ट काम गरे बापत नारायणपुर गाविसका सामाजिक परिचालक जागेश्वर साह पनि सम्मानित भएका छन् ।
त्यसैगरि सरकारी कार्यालयमा लामो सेवा गरे (दिर्घ सेवा) वापत कार्यालय प्रमुखतर्फ डिभिजन सहकारी कार्यालयका प्रमुख रामलक्षण राय एवं कर्मचारीतर्फ जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर विन्देश्वर सिंह र जिविसका सब–इन्जिनियर सरयुग नारायण चौधरीलाई कदरपत्र प्रदान गरिएको छ । त्यस्तै जिविसमा सबैभन्दा राम्रो काम गरेको भन्दै कार्यक्रम अधिकृत पुष्करमणि घिमिरेलाई सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । त्यसैगरी जिविसमा इमान्दारीताका साथ कर्तव्यनिष्ट ढंगले काम गरेको भन्दै सब–इन्जिनियर जयगोविन्द महतो, खानेपानी सहायक टेक्निसियन उमेश झालाई सम्मान गरिएको छ । त्यस्तै इमान्दारिताका साथ काम गरेको भन्दै जिविसका कार्यालय सहयोगि सिंहेश्वर पण्डितलाई नगद पाँचहजार सहित प्रशंसा पत्र प्रदान गरिएको योजना अधिकृत होमबहादुर थापाले बताए । सम्मानित सबैलाई कार्यक्रममा उपस्थित जिल्लाका ९ जना सभासद्हरुले पालैपालो दोसल्ला ओढाएर सम्मान, कदर र प्रशंसा–पत्र प्रदान गरेका थिए ।
एलडिओ पनि सम्मानित
कार्यक्रममा उपस्थित सभासद्हरुले स्थानीय विकास अधिकारी उमेश बस्नेतलाई जिविसमा सुधार गरेको र ‘सिस्टम’मा ढालेको भन्दै संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका छन् । सभासद्हरुले अझै दुईवर्ष सर्लाहीको स्थानीय विकास अधिकारीको रुपमा काम गर्न समेत बस्नेतलाई आग्रह गरेका थिए । स्थानीय विकास अधिकारीको रुपमा बस्नेत आएपछि जिविसमा सुधारको थालनी भएको सरोकारवालाहरुले महसुस गरेका छन् ।

No comments:

Post a Comment