Friday, March 14, 2014

माओवादीको अधिवेशन

माओवादीको अधिवेशन
सर्लाही समाचारदाता
हजरिया, फागुन २८ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी जिल्ला कार्य समिति सर्लाहीको बुधबारदेखि हजारीया गाविसमा दोस्रो जिल्ला अधिवेशन सुरु भएको छ ।
हजारीया गाविस–२ मा रहेको जनता प्राथमिक विद्यालयमा सुरु भएको अधिवेशनको बुधबार पार्टीका पोलिटब्यूरो सदस्य हरिभक्त कडेलले उद्घाटन गरेका छन् । विश्वजित डिसीको अध्यक्षतामा भएको एक समारोहबीच अपरान्ह अधिवेशनको उद्घाटन गरिएको हो । भोली सम्म चल्ले अधिवेशनले पार्टीको नयाँ सर्लाही जिल्ला कार्य समिति चयन गर्ने माओवादीले जनाएको छ ।

No comments:

Post a Comment