Friday, March 14, 2014

कोरम नपुग्दा भेला स्थगित

कोरम नपुग्दा भेला स्थगित
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन २७ । कोरम पुग्ने गरी अभिभावकहरु नआउँदा मंगलबार नारायण प्रावी ईश्वरपुर–२ को नयाँ व्यवस्थापन समिति चयन हुन सकेन ।
नयाँ व्यवस्थापन समिति गठन गर्न एक सय ७७ जना अभिभावकहरु सहभागी हुनु पर्ने भएपनि एक सय २० जना मात्र उपस्थित भएपछि भेला स्थगित भएको हो । भेलामा विद्यालयका सम्पूर्ण तीन सय ५३ जना अभिभावकहरुलाई नै निमन्त्रणा गरिएको भएपनि उपस्थित नभएपछि भेला स्थगित गरिएको प्रधानाध्यापक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
विद्यालयका निर्वतमान व्यवस्थापन समितिका अध्यक्ष अबदकिशोर रौनियारको अध्यक्षता तथा जग्गादाता टबिर मिकरानीको प्रमुख आतिथ्यतामा भएको भेलामा स्रोत व्यक्ति रामप्रसाद प्रसाँई लगायत सहभागी रहेका थिए । पुन भेला कहिले बस्ने भन्ने बारेमा अनिश्चित भएको विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment