Tuesday, March 11, 2014

आगलागीबाट साँढे दुईलाखको क्षति

आगलागीबाट साँढे दुईलाखको क्षति
सर्लाही समाचारदाता
घुर्कौली, फागुन २६ । घुर्कौली गाविस–६ स्थित दुईघरमा सोमबार साँझ लागेको आगोबाट साँढे दुईलाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त पृथ्वीनारायण ओलीका अनुसार राजु सार्की र बलबहादुर सार्कीको फुस्को घरमा आगलागी भएको हो । साँझ सबा ५ बजे भएको आगलागीबाट राजुको १ लाख ५० हजार तथा बलबहादुरको १ लाख १० हजारभन्दा बढीको धनमाल नष्ट भएको जानकारी आएको प्रवक्ता ओलीले बताए । दुवै घरभित्र रहेका अन्न, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
एक्कासी लागेको आगो इलाका प्रहरी कार्यालय हरिवनको टोली र स्थानीय बासिन्दाको सहयोगमा तत्काल नियन्त्रणमा लिइएका कारण थप क्षति हुन नपाएको समेत प्रवक्ता ओलीले जानकारी दिए ।

No comments:

Post a Comment