Friday, March 14, 2014

जनज्योतिमा अतिरितm क्रियाकलाप

जनज्योतिमा अतिरितm क्रियाकलाप
–राकेशप्रसाद गुप्ता
लालबन्दी, फागुन २७ । जनज्योती बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा मंगलबारबाट अतिरितm क्रियाकलाप सुरु भएको छ ।
क्याम्पसले अध्ययनरत विद्यार्थीहरुबीच हाजिरी जवाफ, वादविवाद, भलिबल, ब्याडमिन्टन, वक्तृत्वकला, निबन्ध लगायत विभिन्न विद्यामा प्रतियोगिता सुरु गरेको हो ।  धर्मेन्द्र अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा व्यबस्थापन समितिका अध्यक्ष कुबेर आचार्य प्रमुख अतिथि रहेका थिए भने क्याम्पस प्रमुख विरेन्द्र चौधरी विशेष अतिथि रहेका थिए । कार्यक्रममा प्राध्यापक बाबुराम दाहाल, दिपक पोख्रेल, नेविसंघका विधार्थी नेता मनोज बखे्रल, अनेरास्ववियु जिल्ला उपाध्यक्ष मोहन भण्डारी लगायतको उपस्थिती थियो ।
प्रतियोगिताहरु आगामी शुक्रबारसम्म संचालन हुनेछ । प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार स्वरुप शिल्ड, मेडल, र छात्रवृती प्रदान गरिने बताइएको छ । यसैबीच क्याम्पस स्ववियुले भने खेलकुद सप्ताह बहिष्कार गरेको छ । विद्यार्थीलाई अभ्यास गर्ने समय नै नदिई एक्कासी प्रतियोगिता नै आयोजना गरिएकाले आफूहरुले खेलकुद सप्ताह बहिष्कार गरेको स्ववियु सभापति योगराज देवकोटाले बताए । अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक समेत कार्यक्रममा उपस्थित नभएको स्ववियुले दावी गरेको छ ।

No comments:

Post a Comment