शुभकामना आदान प्रदान
सर्लाही समाचारदाता
हरिवन, असोज २३ । बडा दशैं, दिपावली, छठपर्व, बकरईद र ल्होसारको अवसरमा जिल्ला स्थित राजनैतिक दल र संघ संस्थाको शुभकामना आदान प्रदान जारी रहेको छ । बुधबार नेकपा एमाले लगायतले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका थिए ।
हरिवन गाविसको सभाकक्षमा नेकपा एमालेले एक कार्यक्रमको आयोजना गरी नेता, कार्यकर्ता एवं संविधान सभा–२ का उम्मेद्वार विच शुभकामना आदान प्रदान गरे । एमाले हरिवन गाउँ कमिटीका अध्यक्ष सिताराम पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा पुराना कम्यूनिष्ट नेता तुलसीप्रसाद भट्टराईले कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रज्वल ढुंगानाको संचालन तथा महेश बरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा एमाले अंचल सचिव लक्ष्मण पौडेल, जिल्ला सचिव डिल्ली प्रसाद उप्रेती, क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामा तथा एमाले नेता रेवती पन्त, गणेश प्रसाई, राजकुमार उप्रेती तथा संचिता घिमिरे लगायतले पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयबाट छानिएका उम्मेद्वारलाई सबैले सहयोग गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
त्यसैगरी सनराईज उमावि हरिवनले पनि बुधबार शुभकामना आदान प्रदान गरेको छ । बडा दशैंका लागि संस्थागत विद्यालय विदाका लागि संचालनको अन्तिम दिन विद्यालय प्रिन्सिपल सुदर्शन पोखरेल र संस्थापक ज्ञानप्रसाद पोखरेलले शिक्षक–शिक्षिकालाई अविर लगाई पर्व विदाई गरेका थिए ।
विद्यालयले हरेक वर्ष यस्तै प्रकारले शिक्षक शिक्षिकालाई विदाई गर्ने गरेको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।
No comments:
Post a Comment