द सहाराको १७औं साधारण सभा
सर्लाही समाचारदाता
मलंगवा, फागुन १७ । द सहारा लोन सेविंग्स को–आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाको १७ औ वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमार रायको अध्यक्षता तथा बरिष्ठ समाजसेवी राम बहादुर अमात्यको प्रमुख आतिथ्यता भएको सो साधारण सभामा जिल्ला स्थित क्षेत्र नं २ का सभासद् रामचन्द्र चौधरी, क्षेत्र नं ३ का सभासद् हरेश महतो र क्षेत्र नं ५ का सभासद् जंगिलाल रायलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सभामा उत्कृष्ट फिल्ड कर्मचारी तथा सेयरधनीहरु गरी ३८ जनालाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ ।
आर्थिक वर्ष ०६९÷०७० मा एकअर्ब १८ करोड ९९ लाख ४३ हजार आठसय २१ रुपैयाको कारोबार गरि एककरोड १३ लाख २७ हजार पाँचसय ८५ रुपैया खुद नाफा भएको प्रतिवेदन पेश गरिएको थियो । साथै सभामा आर्थिक वर्ष ०७१÷०७२ को अनुमानित बर्षिक कार्यक्रम तथा बजेट समेत सार्वजनिक गरिएको थियो ।
साधारण सभामा संस्थाको प्रधान कार्यालय मलंगवा सहित सेवाकेन्द्रहरु बरहथवा, हरिवन, इश्वरपुर, लाहान, जनकपुर, कलैया, इटहरी, जलेश्वर, धरान, वीरगंज, गौर, दमक, हेटौंडा, गरुडा, विराटनगर, कञ्चनपुर, गाइघाट र सम्पर्क कार्यालय काठमाण्डौबाट शेयर सदस्यहरु सहभागि भएको नायव महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले बताए । साधारण सभा सदरमुकाम मलंगवा स्थित कृष्णादेवी उमाविमा भएको थियो ।
No comments:
Post a Comment