सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन २९ । बन्दुक बोकेर आक्रमण गर्न हिडिरहेको अवस्थामा विहिबार अपरान्ह ढुंग्रेखोला गाविस निवासी आइतसिंह डिमडोङ सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
३ राउण्ड गोली लोड गरेको १२ वोरको हर्नेड बन्दुक र २६ राउण्ड गोली सहित डिमडुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताए । स्थानीय कुमार घिसिङलाई आक्रमण गर्न खोजीरहेको अवस्थामा डिमडोङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिमडुङले गरेको फलामे रडको प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका घिसिङलाई पुन बन्दुक बोकेर आक्रमण गर्न खोजिरहेको अवस्थामा डिमडुङ सहित तीनजनालाई अपरान्ह तीनबजे पक्राउ गरिएको हरिवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रड प्रहारबाट घाइते घिसिङले कर्मैया प्रहरीमा उजुरी दिएको थाहा पाएपछि घरबाट गोली लोड गरिएको बन्दुक बोकेर डिमडोङ घिसिङको पसल रहेको मिलनचोकतर्फ गएको र सोही अवस्थामा पक्राउ गरिएको हो । डिमडुङले बोकेको बन्दुक अनुमति प्राप्त भएपनि गत असारमै नविकरण सकिएको तथा र्साजनिक स्थानमा अरुलाई आक्रमण गर्न खोजिएकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ‘‘अनुमति प्राप्त बन्दुक भनेको घरमा कसैले आक्रमण गर्न खोजे आत्मरक्षाका लागि प्रयोग गर्न दिईएको हो ।’’ एक सुरक्षा अधिकृतले भने–‘‘जुन बन्दुक वर्षेनी कानून अनुसार नविकरण गर्नुपर्छ र सार्वजनिक स्थानमा बोकेर आतंक सृजना गर्न पाइदैन ।’’
कुटपिट भएको सुचना पाएर पुगेको प्रहरीले घेराबन्दी गरि डिमडुङलाई पक्राउ गरेको थियो । कुटपीटबाट घाइते घिसिङले भने डिमडुङले आफूलाई मार्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय हरिवनले डिमडुङलाई हिरासतमा राखि घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको बतायो । डिमडुङ २०६४ सालको संविधान सभा निर्वाचनमा चुरे भावर राष्ट्रिय एकता पार्टीको तर्फबाट क्षेत्र नं. ३ मा उम्मेद्वार समेत रहेका थिए ।
No comments:
Post a Comment