Thursday, March 6, 2014

गोली बोक्ने युवकलाई म्याद थप

गोली बोक्ने युवकलाई म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, फागुन २१ । मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट पक्राउ परेका एक युवकलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराएर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
गोली सहित पक्राउ परेका युवकलाई बुधबार सात दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडी बढाएको हो । चेकजाँचको क्रममा मंगलबार राती नाईन एमएम पेस्तोलमा लाग्ने तीन राउन्ड गोली सहित नोकेल्वा गाविस–१ का १८ वर्षिय मृगेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
उनलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
प्रहरी गस्ती टोलीले यादवको साथबाट नेपाली र भारतीय गरी ६ थान सिमकार्ड र एक थान मोवाईल सेट समेत बरामत गरेको छ । चेकजाँचको क्रममा यादव चढेको ना. १६ प २६०३ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment