उखु मूल्य निर्धारणकालागि अन्दोलन
सर्लाही समाचारदाता
हरिवन, फागुन १७ । किसान अधिकार महासंघले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गर्दै इन्दुशंकर चिनी उद्योगमा शनिवार ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष दीपक मैनालीको नेतृत्वमा भएको किसानहरुले भेलाले उखु मूल्य तत्काल निर्धारण नभएमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै ज्ञापन पत्र बुझाएको हो ।
हरिवनमा भएको किसानहरुको भेलाले एक हप्ता भित्रमा मूल्य निर्धारण नभएमा २५ गतेबाट मिलमा एक घण्टाको दरले उखुको निकासी रोक्ने र दिन बिराएर प्रत्येक घण्टा निकासी बन्द गर्ने अवधी एक घण्टा बढाउँदै लैजाने महासंघका उपाध्यक्ष ईन्द्रदेव महतोले बताए । गतवर्षको मूल्य प्रति क्वीन्टल चारसय ८१ भन्दा नघटाईकन मूल्य निर्धारण गर्न माग गरेको महतोले जानकारी दिए । ज्ञापन पत्र ईलाका प्रहरी कार्यालय हरिवन र प्रधानमन्त्री कार्यालयलाई पनि बोधार्थ गरिएको थियो ।
No comments:
Post a Comment