घरेलुलाई जग्गा उपलब्ध
सर्लाही समाचारदाता
मलंगवा, असोज २१ । घरेलु तथा साना उद्योग कार्यालय मलंगवालाई सोमबार भवन निर्माणका लागि दुइ कठ्ठा जग्गा उपलब्ध भएको छ ।
मलंगवा–२ स्थित राम जानकी कविर मठले मालपोत कार्यालयबाट करारनामा गरी घरेलुलाई जग्गा उपलब्ध गराएको हो ।
कार्यालयलाई भवन निर्माणका लागि आजिवन सम्मका लागि मठाधिस रामनारायण दास बैरागीले मालपोतबाट करारनामा कागज गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर कुमार साहले बताए ।
यसअघि पनि जिल्लाका सरकारी कार्यालय तथा गैर सरकारी संस्थालाई समेत मठले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । ट्राफिक प्रहरी, नगर प्रहरी, डिभिजन सहकारी कार्यालय लगायत १४ कार्यालय तथा संघसंस्थालाई जग्गा उपलब्ध भईसकेको र महिला तथा बालबालिका विकास कार्यालयलाई समेत उपलब्ध गराउने प्रकृया रहेको बताइएको छ ।
No comments:
Post a Comment