ट्राफिक कार्वाहीबाट एकै दिनमा ३८ हजार
सर्लाही समाचारदाता
मलंगवा, असोज २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम विपरित गुड्ने सवारी साधनमाथि कार्वाही गर्दै सोमबार मात्र ३८ हजार राजश्व संकलन गरेको छ ।
सदरमुकाम मलंगवाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा जरिवाना वापत ३८ हजार दुईसय पचास रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कमल खत्रीले बताए । उनका अनुसार सोमबार सदरमुकाम मलंगवा स्थित वंशल पेट्रोल पम्प नजिक नवलपु–मलंगवा सडक खण्ड लगायत विभिन्न ३ स्थानमा दिनभर चेकजाँच गरिएको थियो । जनपद् प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले कार्वाही अभियान चलाएको बताईएको छ ।
ट्राफिक नियम विपरित सवारी साधन चलाउने प्रचलनलाई निरुत्साहित गर्ने उद्धेश्यले कार्वाही अभियान चलाईएको ट्राफिक प्रमुख खत्रीले बताए । नजिकिदो चाडवाड एवं आसन्न संविधान सभाको निर्वाचनलाई ध्यानमा राख्दै यस्ता खालका कार्वाही अभियान निरन्तर रुपमा जारी राखिने जिल्ला ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए ।
No comments:
Post a Comment