एमाओवादीका बागी सहित ६ जनाले उम्मेद्वारी फिर्ता लिए
सर्लाही समाचारदाता
मलंगवा, असोज २२ । आसन्न संविधान सभाको निर्वाचनका लागि आÇनै पार्टीका उम्मेद्वार विरुद्ध बागी खडा भएका केदार खत्रीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय मलंगवामा उपस्थित भई खत्रीले स्वतन्त्र उम्मेद्वारको आÇनो मनोनयन फिर्ता लिएका हुन् । एमाओवादी जिल्ला सहइन्चार्ज खत्री पार्टीले गलत व्यक्तिलाई उम्मेद्वार बनाएको भन्दै क्षेत्र नं. ३ मा पार्टीका उम्मेद्वार भरत थापा विरुद्ध बागी खडा भएका थिए । एमाओवादी उच्चस्तरका नेताहरुको दवावका कारण खत्रीले उम्मेद्वारी फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ ।
खत्री बाहेक अन्य ५ जनाले पनि आ–आÇनो उम्मेद्वारी मनोनयन फिर्ता लिएका छन् । क्षेत्र नं.२ बाट रामकुमार महतो, हरिकुमार बुढाथोकी र जिवनाथ राय तथा क्षेत्र नं.६ बाट कमलेस कुमार यादव र नागेन्द्र सिंह राजपुतले उम्मेदवारी फिर्ता लिएका हुन् । मंगलबार उम्मेद्वारी मनोनयन फिर्ता लिने तालिका रहेको थियो । ६ उम्मेद्वारले मनोनयन फिर्ता लिएसँगै सर्लाहीमा कुल २ सय ५७ जना उम्मेद्वार कायम भएका छन् । कुल २ सय ६४ जना उम्मेद्वारले मनोनयन गराएकामा क्षेत्र नं. ५ मा एकजनाको उम्मेद्वारी गत आइतबार नै खारेजी भएको थियो ।
No comments:
Post a Comment