Tuesday, October 8, 2013

एमाले छाडेर संघीयमा प्रवेश


सर्लाही समाचारदाता
हरिवन, असोज २२ । पार्टीको क्रियाकलाप प्रति असन्तुष्ट जनाउदै नेकपा एमालेका संगठित सदस्यहरु एमाले परित्याग गरी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार हरिवनमा आयोजित एक कार्यक्रमका विच एमाले र एमाओवादी परित्याग गरी संघीय समाजवादीमा प्रवेश गरेका व्यक्तिहरुलाई पार्टीका केन्द्रिय उपाध्यक्ष मो. रिजवान अन्सारीले अविरमालाका साथ स्वागत गरेका थिए ।
संघीय समाजवादीमा प्रवेश गर्ने एमालेका संगठित सदस्यहरु क्रमशः जुल्फीकार मिकरानी, इरफान अन्सारी, मुक्तार अन्सारी, हुसैन अन्सारी, मुस्तफा मिकरानी, इसाफुल लहेरी, हपिज अन्सारी लगायत पाँच दर्जन भन्दा बढी व्यक्तिहरु छन् । पार्टीको भातृ संगठन संघीय यूवा संघका जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य शेष महबुब रेजाको सभापतित्वमा संचालन भएको कार्यक्रममा संघीय यूवा संघ जिल्ला अध्यक्ष संतोष भूजेल, पार्टीका जिल्ला सचिवालय सदस्य उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment