सर्लाही समाचारदाता
लाल्बन्दी, फागुन १६ । शिवरात्रीको अवसरमा अत्याधिक भाँङ खाएर लालबन्दीमा एक पुरुष गम्भिर घाईते भएका छन् ।
भाँङ खाएर लड्दा लालबन्दी २ का ५२ वर्षिय कमल बहादुर डुमजन गम्भिर घाईते भएका हुन् । घाईते डुमजनको स्थानीय स्तरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी वीरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।
भाङ खाएर घरतर्फ फर्कदै गर्दा बाटैमा लडेर डुमजन गम्भिर घाईते भएका थिए ।
No comments:
Post a Comment