सर्लाही समाचारदाता
मलंगवा, फागुन २९ । टाटाको पिकअप भ्यानको ठक्करबाट सदरमुकाम मलंगवामा एकजनाको मृत्यु भएको छ ।
मलंगवाको राजश्री चोक नजिक ना. १ त ८९९९ नम्बरको पिकअप भ्यानको ठक्करबाट सुन्दरपुर चोहर्वा गाविस–२ का ४० बर्षिय रामस्नेही रायको विहिबार मृत्यु भएको हो । गोरुगाढामा मंगलवार राती पूर्ववाट पश्चिम तर्फ जाँदै गर्दा पछाडीवाट सो पिकअप भ्यानले ठक्कर दिएको थियो । गाढावाट उच्छिट्टीएर अघिल्तीर झरेका राय काठको अघिल्लो भागले थिचेर गम्भीर घाइते भएका थिए ।
स्थानीय अस्पतालले रेफर गरेपछि वीरगंज लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले वताए । जिपको ठक्करले गोरु समेत घाइते भएको छ ।
ठक्कर दिने जिप भने भाग्ने क्रममा अनियन्त्रीत भई सडक किनाराको हिलोमा फसेको छ । दुर्घटना लगत्तै चालक र जिप मालिक फरार भएको प्रहरीले जनाएको छ । चालक र जिपधनीको खोजी जारी रहेको ओलीले वताए ।
No comments:
Post a Comment