Friday, March 14, 2014

युवा संघमा सहमति भएन

युवा संघमा सहमति भएन
सर्लाही समाचारदाता
हरिवन, फागुन २९ । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालको सातौं जिल्ला अधिवेशन विहिबार राती अवेरसम्म हरिवन गाविस कार्यालय भवनमा जारी छ ।
नयाँ नेतृत्व चयन गर्ने विषयमा सहमति हुन नसकेपछि अधिवेशनको बन्दशत्र राती अवेरसम्म जारी रहेको हो । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि छलफल जारी रहेको र सहमति हुन नसके मतदान हुने युवा संघ नेपालका केन्द्रिय सदस्य उतरकुमार मैनालीले बताए ।
युवा संघको नयाँ अध्यक्षका लागि अधिवेशन आयोजक समितिका संयोजक रमेश चौलागाँई र जिल्ला सदस्य देवराज चौलागाँइबीच प्रतिस्पर्धा रहेको र दुईमध्ये एकलाई सर्वसम्मत बनाउनका लागि एमाले नेताहरु रातीसम्म प्रयास गरिरहेको स्रोतले बतायो । त्यसअघि युवा संघकी केन्द्रिीय उपाध्यक्ष निरु पालको प्रमुख आतिथ्यता एवं नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य रविन्द्र वैठाको विशेष आतिथ्यतामा अधिवेशन उद्घाटन समारोह भएको थियो ।
अधिवेशन आयोजक समितिका संयोजक रमेश चौलागाँईको अध्यक्षता रहेको उद्घाटन समारोहमा युथफोर्सका प्रमृुख चन्द्र लामा, जनकपुर अञ्चल इन्चार्ज जोगी यादव, सह–इन्चार्ज कर्ण घिसिङ, एमाले सर्लाही अध्यक्ष मनोज देवकोटा, सचिव डिल्लीप्रसाद उप्रेती, पूर्व सर्लाही संयोजक रेवती पन्त, नेताहरु सुरेन्द्र लामा, शुशिल थपलिया लगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment