Monday, March 3, 2014

महिला उत्थानमा उर्मिला

महिला उत्थानमा उर्मिला
सर्लाही समाचारदाता
हरिवन, फागुन १८ । महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको ५ औँ साधारण सभाले उर्मिला शर्माको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।
आइतबार भएको साधारण सभाले शर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । साधारण सभामा संस्थाकी स्मिता कार्कीले संस्थाको आय व्यय प्रस्तुत गरेकी थिइन् । सभामा स्थानीय राजनीतिक दलका प्रतिनिधी, शिक्षक, लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment