Friday, March 14, 2014

राजघाटमा पुलको शिलान्यास

राजघाटमा पुलको शिलान्यास
सर्लाही समाचारदाता
राजघाट, फागुन २८ । सर्लाहीको राजघाट गाविस र रौतहटको समनपुर गाविसलाई जोड्ने पक्की पुलको बुधबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधीले शिलान्यास गरेका छन् ।
४० महिनामा निमार्ण सक्ने गरी ४६ करोड ६३ लाख ६७ हजार ३ सय ८४ रुपैँया बरावरको लागतमा पुल निमार्ण कार्य शुभारम्भ भएको हो । ६ सय ५० मिटर लम्वाई रहेको पुल निमार्ण गर्न सुर्य एबिए एलाईट जेभी कम्पनी काठमाण्डौले जिम्मा पाएको छ ।
बाग्मती नदीमा निर्माण हुने पुल नाम दिईएको पुल निमार्ण गरेपश्चात सो कम्पनीले ५ वर्ष सम्म मर्मत सम्भार गर्नु पर्ने बताइएको छ । पुल निमार्णपछि सर्लाहीको राजघाटका साथै बरहथवा, शंकरपुर, जानकीनगर लगायत पश्चिमी क्षेत्रका बासिन्दाहरुलाई रौतहटतर्फ आवातजावतमा सहज हुने छ । शिलान्यास कार्यक्रममा सर्लाहीका सभासदहरु हरेश महतो, हरि उपे्रती, पूर्व मन्त्री वंशिधर मिश्र, पुर्व सभासद् सरला यादव लगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment