Friday, March 14, 2014

घरेलु मदिरामा प्रहरी कार्वाही

घरेलु मदिरामा प्रहरी कार्वाही
सर्लाही समाचारदाता
मलंगवा, फागुन २८ । प्रहरीले सदरमुकाम मलंगवा सहित अन्य दुई गाविसमा गैर कानुनी रुपमा सञ्चालन गरिएको १० वटा भट्टी पसलमा छापा मारेको छ ।
सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार सदरमुकाम मलंगवामा तीन, नारायणपुर गाविसमा दुई र भाडसर गाविसमा पाँच वटा भट्टी पसलमा छापा मारेको हो । साथै पसलमा उत्पादन गरिएका तयारी डेढ सय लिटर घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने एकहजार लिटर भन्दा बढी सामग्री समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओली र नरेश सिंहको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले विहान दुई बजे देखि सात बजे सम्म छापा मारेर भट्टी भत्काएको हो । भट्टी सञ्चालकहरु भने प्रहरी आउने खवर पाउन साथ राती नै भागेका प्रहरी निरीक्षक ओलीले बताए ।
घरेलु मदिरा उत्पादन गर्ने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाको सम्पूर्ण गाविसमा बिशेष अभियान सञ्चालन गर्ने जनाएको छ । प्रहरीले सबै क्षेत्रमा घरेलु उत्पादन गर्न खोलिएका भट्टीहरुमा छापामारी नष्ट गर्ने जनाएको छ ।

No comments:

Post a Comment