दशहजार चल्ला नष्ट पारियो
सर्लाही समाचारदाता
मलंगवा, फागुन १८ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय मलंगवाले १० हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला बरामद् गरि नष्ट पारेको छ ।
शनिबार राती सदरमुकाम मलंगवाबाट पुर्वमा पर्ने पर्सा नाका हुदै भारतबाट साइकलमा ल्याउदै गरेको अवस्थामा सो चल्ला बरामद् गरिएको सशस्त्र प्रहरी उपरीक्षक हृदयणरायण मण्डलले बताए । मध्यराती सिमा क्षेत्रमा ल्याएर राखिएको चल्ला तीन बजे विहान साइकलमा डो¥याउदै नेपाल तर्फ भित्र्याउँदै गर्दा उक्त चल्लाहरु बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।
ठूलो परिमाणमा कुखुराका चल्ला आउँदैछ भन्ने सुराकीका आधारमा सशस्त्र प्रहरीले राती उक्त क्षेत्रमा गस्ती बढाएको थियो । चल्ला ल्याउने व्यक्ति भने गस्ती टोलीलाई देखेपछि भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद् चल्ला ७ लाखभन्दा बढीको भएको बताइएको छ ।
बरामद् चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट मलंगवाले आइतबार नै नष्ट गरेको छ । वर्डÇलू लगायत विभिन्न रोग भित्रिन सक्ने संभावनका कारण पंक्षी एवं पंक्षीजन्य चिजहरु आयातमा सरकारले प्रतिबन्ध लगाएकाले भारतबाट ब्रोइलर कुखुराका चल्ला अवैध रुपमा पैठारी हुने गरेको छ ।
No comments:
Post a Comment