Friday, March 14, 2014

भूमि अधिकारका विषयमा छलफल

भूमि अधिकारका विषयमा छलफल
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन २८ । जोतभोगको आधारमा भूमिहिन सुकुम्बासीहरुको लागी हक अधिकार कसरी सुनिश्चित गर्ने बारेमा बुधबार ढुंग्रेखोलामा बुधबार सर्वपक्षिय छलफल भएको छ ।
राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा सर्वपक्षिय छलफल सम्पन्न भएको हो । छलफलमा सहभागीहरुले सुकुम्वासी समस्या समाधान गर्नका लागी उनीहरुको पहिचान गरी मापदण्ड भित्र रहेकाहरुलाई हकभोगको अधिकार पत्र दिनुपर्नेमा जोड दिएका थिए । साथै बुधबार सम्पूर्ण राजनैनीतिक दलका नेताहरु सहभागी नभएपछि आगामी चैत्र ६ गते पुन छलफल गरेर निर्णय गर्ने सहमती भएको छ ।
छलफलमा गाविस सचिव भक्त बहादुर थापा, निवर्तमान गाविस अध्यक्ष बसन्त भट्राई, मेलमिलाप कार्यक्रम संयोजक मुकुन्द बुढाथोकी, नेपाली काँगे्रसका नेता गोबिन्द रायमाझी, एकीकृत माओवादीका नेता तीलक मोक्तान, लगायतले मन्तव्य राखेका थिए ।
छलफलमा मञ्चका सचिव मदन विश्वकर्माले उदेश्यका बारेमा प्रष्ट पारेका थिए ।

No comments:

Post a Comment