विद्युत कर्मचारी सरसफाईमा
सर्लाही समाचारदाता
मलंगवा, असोज २१ । चाडबाडको समयमा सर्ट लागेर अनियमित विद्युत कटौती नहोस् भन्दै नेपाल विद्युत प्राधिकरण सर्लाहीले सरसफाई अभियान सुरु गरेको छ ।
प्राधिकरणका कर्मचारीले सोमबार दिनभर नवलपुरदेखि कर्मैयासम्मको ‘हाइटेन्सन’ (११ हजार केभिए लाईन) तारको छेउछाउमा रहेका रुख एवं हाँगाविँगाहरु काट्ने लगायत सरसफाईका कामहरु गरेका छन् । विहान १० बजेदेखि साँझ ५ बजेसम्म सरसफाईको काम गरिएको नेपाल विद्युत प्राधिकरण मलंगवाका प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए । ‘‘हाइटेन्सन तारमा रुखका हाँगाहरुले छोएर पटक–पटक विद्युत सर्ट हुने गरेकाले सरसफाई गरिएको हो ।’’ विद्युत प्रमुख द्विवेदीले भने । मंगलबार पनि दिनभर कर्मैयादेखि पश्चिम चन्द्रनिगाहपुर सबस्टेशनसम्मको हाइटेन्सन लाईन छेउछाउ सरसफाई गरिने प्रमुख द्विवेदीले बताए । सरसफाईमा लालबन्दी प्रशाखाका मोहन श्रेष्ठ लगायत कर्मचारीहरु खटिएका छन् ।
No comments:
Post a Comment