कांग्रेस छाडेर फोरममा
सर्लाही समाचारदाता
मलंगवा, असोज २१ । नेपाली कांग्रेसका बरहथवा गाउँ समिति सभापति एवं बरहथवा गाविसका पूर्व अध्यक्ष रामचन्द्र महतो सोमबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
पार्टीले कार्य क्षमताको आधारमा मूल्यांकन गर्न नसकेको जनाउँदै कांग्रेस प्रति असन्तुष्ट भएका महतो सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा पार्टी परित्याग गरी मजफो लोकतान्त्रिकमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बरहथवाका यूवा नेता दिवाकर उपाध्यायले कांग्रेसले उचित मूल्यांकन नगरी वेवास्ता गरेपछि महतोले पार्टी छाडेका बताए ।
मजफो लोकतान्त्रिकमा प्रवेश गर्दा महतोलाई केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदारले स्वागत गरेका र उनलाई संविधान सभा–२ का लागि समानुपातिक तर्फ उम्मेद्वारको सूचिमा नाम राखेको श्रोतले जनाएको छ ।
No comments:
Post a Comment