Monday, October 7, 2013

प्रतिष्ठानको अन्तरक्रिया हुने

प्रतिष्ठानको अन्तरक्रिया हुने
सर्लाही समाचादाता
मलंगवा, असोज २१ । पत्रकारिता विकास प्रतिष्ठानले सदरमुकाम मलंगवामा आगामी संविधान सभा निर्वाचनमा शान्ति सुरक्षा विषयक अन्तक्रिया कार्यक्रम मंगलबार गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश मिश्रका अनुसार विहान सिम्रिक होटलमा हुने कार्यक्रममा सुरक्षा निकाय सहित सम्बन्धित सरकारी निकायका प्रमुखहरु तथा राजनैतिक दलका नेताहरुको सहभागिता रहनेछ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारी सहित निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिती रहने बताईएको छ । कार्यक्रममा वडा दशैंको शुभकामना आदानप्रदान समेत हुने मिश्रले बताए । प्रतिष्ठान सर्लाहीमा क्रियाशिल संचारकर्मीहरुद्वारा सञ्चालित संस्था हो ।

No comments:

Post a Comment