Monday, October 7, 2013

हतियार बुझाउने क्रम जारी

हतियार बुझाउने क्रम जारी
सर्लाही समाचारदाता
मलंगवा, असोज २१ । स्थानीय प्रशासनले जारी गरेको सूचनाको म्याद सकिएपनि सर्वसाधारणहरुले अनुमति प्राप्त हतियारहरु बुझाउने क्रम जारी राखेका छन् ।
सोमबार इलाका प्रहरी कार्यालय बरहथवा, इप्रका केशरगंज र इप्रका लालबन्दीमा १–१ थान हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । आइतबार पनि एकजनाले जिल्ला प्रहरी कार्यालयमै एकथान हतियार बुझाएका थिए । सोमबारसम्म ५१ थान हतियार संकलन भएको ओलीले बताए । स्थानीय प्रशासनले असोज ६ गतेसम्म अनुमति प्राप्त हतियारहरु बुझाउन सर्वसाधारणहरुमा सूचना जारी गरेको थियो ।
सूचनाको समयावधी भित्र भने २९ वटा हतियारमात्र संकलन भएको थियो । त्यसपछि फाट्टफुट्ट रुपमा सर्वसाधारणहरुले हतियार बुझाईरहेका छन् ।
जिल्लामा ३ सय ४२ वटा विभिन्न प्रकारका अनुमति प्राप्त हातहतियारहरु रहेको बताईएको छ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अनुमति प्राप्त हतियारहरु बुझाउन सूचना जारी गरेको थियो ।

No comments:

Post a Comment