युनियन अध्यक्ष संघमा प्रवेश गरे
सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, फागुन १६ । नेपाल राष्ट्रिय शिक्षक युनियन सर्लाहीका अध्यक्ष नवलकिशोर राय शुक्रवार नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय मलंगवामा आयोजित एक कार्यक्रमका बीच युनियन अध्यक्ष राय आÇना ३ दर्जन भन्दा बढी शिक्षक साथीहरु सहित संघमा प्रवेश गरेका हुन् । युनियन अध्यक्ष राय सहित संघमा प्रवेश गरेका शिक्षकहरुलाई नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशलकिशोर रायले अविर र माला लगाएर सदस्यता प्रदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक परिषद्मा आवद्ध युनियन अध्यक्ष राय नेपाली कांग्रेस निकट शिक्षक संघमा प्रवेश गरेका हुन् । उनीसँगै उमावि भेल्हीका प्रअ दिनेश राय, औरही माविका प्रअ लक्ष्मीकान्त राय, शिक्षक फोरममा आवद्ध एवं मावि नोकेल्वाका प्रअ बासुदेव राय, नेपाल लोकतान्त्रिक शिक्षा फेड्रेशनका जिल्ला उपाध्यक्ष एवं प्रअ भरत राय, प्रअ सुरेन्द्र राय, प्रअ रामविर राय, शिक्षक परिषदका जिल्ला सचिव इन्द्रभुषण सिंह, रामएकवाल महतो, श्यामकुमार महतो, रामबाबु राय, महादेव राय, जलेश्वर राय, विनोद साह, देवनाथ साह, रामदेव राय, जयराम ठाकर, सुखनन्दन राय, राजकुमार चौधरी, लालबाबु साह, नरसिंह राय, गंगाराम राय, नारायण राय लगायत शिक्षकहरु संघमा प्रवेश गरेका छन् ।
परिषदमा लाग्नुअघि शिक्षक संघकै उपाध्यक्ष रहेका नवलकिशोर संघमा पुन आउँदा अगामी शिक्षक युनियनको निर्वाचनमा संघको जित सुनिश्चित भएको अध्यक्ष कौशलकिशोरले दाबि गरे । त्यसैगरी नवप्रवेशी रायले आफु केही दिनका लागि परिषदमा लागेपनि फेरी पुरानै घरमा फर्किन पाउँदा खुशी लागेको बताए । आफु बिना शर्त संघमा आएको र साथीहरुले फेरी कुनै पनि जिम्मेबारी दिए आफु पछि नहटने बताए । संस्थाको हकहितमा आफु कटिबद्ध रहने पनि नवलकिशोरले बताए । कार्यक्रममा नेपाली काँग्रेसका कार्यालय सचिव जगन्नाथ प्रसाद साह, मावि गम्हरियाका प्रअ एवं युनियनका सचिव कामदेव राय, शिक्षक संघका कार्य समिति पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल शिक्षक संघले आगामी शिक्षक युनियनको अधिवेशनमा संघको तर्फबाट अध्यक्षको उम्मेद्वार चयन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संघका उपाध्यक्ष यमनाथ उप्रेतीको संयोजकत्वमा विन्देश्वरप्रसाद सिंह, कामदेव राय, बद्रीनारायण मिश्र र रामकुमार शर्मा सदस्य रहेको समिति गठन गरिएको संघका अध्यक्ष रायले बताए । समितिले चयन गरेको व्यक्ति नै युनियनको आगामी अधिवेशनमा अध्यक्षको उम्मेद्वार हुनेगरि संघको जिल्ला कार्यसमितिले म्याण्डेट दिएको संघका अध्यक्ष रायले बताए ।
No comments:
Post a Comment