आन्दोलन गर्ने किसानको चेतावनी
सर्लाही समाचारदाता
हरिवन, पुस ६ । उखु किसानहरुले गतवर्ष भन्दा कम मुल्यमा उखु बिक्री गर्न नसक्ने बताएका छन् ।
शनिवार हरिवन गाविसमा भएको सर्लाहीका उखु किसानहरुको भेलाले गएको वर्ष भन्दा कम मुल्यमा उखु बिक्री गर्न नसक्ने निर्णय गरेको छ । उद्योगीहरुले सम्झौताबाट मुल्य निर्धारण नगरे र गतवर्षको जति मुल्य नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । गतवर्षको भन्दा घटेर उखु बिक्री गर्नु परेमा कडा आन्दोलन गर्ने निर्णय भएको मिलगेट उखु उत्पादक समितिले जनाएको छ ।
किसान हकहित जिल्ला संघ सर्लाहीको आयोजनामा सयांै किसान र किसानहरुका प्रतिनिधी बिच भेला भएको थियो । भेलामा यस अघि काठमाण्डौ र हेटौँडामा भएका दुईवटा वार्तामा उद्योगीहरुसँग उखुको मुल्य निर्धारणको विषयमा भएको वार्ताको बारेमा किसानका प्रतिनिधीहरुले जानकारी गराएका थिए ।
गएको वर्ष किसानले उखुको मुल्य प्रतिक्निटल ४ सय ८१ सय रुपैँया पाएका थिए । त्यस्तै उखुको मुल्य निर्धारण गर्ने विषयमा आउँदो मंगलवार फेरी काठमाण्डौमा किसान प्रतिनिधि र चिनी उद्योगपतिहरुबीच वार्ता हुँदैछ । यसअघिका वार्ताका क्रममा उद्योगपतिहरुले गतवर्षको भन्दा पनि २५ रुपैया कम दिने र किसान प्रतनिधिले भने उत्पादन लागत बढेकाले उखुको मूल्य बढी पाउनुपर्ने अडानका कारण कुरा मिलेको छैन ।
No comments:
Post a Comment