Thursday, December 19, 2013

डुबेर बालकको मृत्यु

डुबेर बालकको मृत्यु
सर्लाही समाचारतादा
किशनपुर, पुस ४ । पानी जमेको खाडलमा डुबेर विहिबार एक बालकको मृत्यु भएको छ ।
घर छेउमा रहेको ट्यूववेलबाट जमेको पानीको खाडलमा डुबेर किशनपुर गाविस–१ निवासी चुनु सिंहका डेढ वर्षिय छोरा मिठाईको अपरान्ह २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । आमा घरभित्र काम गर्न व्यस्त बनेको समयमा ती बालक खेल्दै घरछेउमै रहेको खानेपानीको धारा नजिक पुगेका थिए । पछि परिवारका सदस्यले खोज्दै जाँदा उनी झण्डै ३ फिट गहिरो पानी जमेको खाडलमा डुबेर मृत फेला परेको प्रहरीले जनाएको छ ।
विहिबार साँझ नै मृत बालकको शव पोष्टमाटमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको प्रहरी निरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

No comments:

Post a Comment