Friday, December 20, 2013

संविधान सभा अदालतको पत्र सर्लाहीमा

संविधान सभा अदालतको पत्र सर्लाहीमा
सर्लाही समाचारदाता
मलंगवा, पुस ५ । संविधान सभा सदस्यको निर्वाचन २०७० मा तराई मधेश सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायले दिएको उजुरी उपर जवाफ पठाउन भन्दै संविधान सभा अदालतले पठाएको लिखित पत्र सर्लाहीका विभिन्न निकायमा आईपुगेको छ ।
निर्वाचन अन्तर्गत मतदान प्रकृयामा धाँधली भएको भन्दै तमसपा नेपालका उम्मेद्वार रायले गत मंसिरमा अदालतमा रिट हालेका थिए । उनले ६ नं. क्षेत्रका निर्वाचन अधिकृत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खैर्वा स्थित अस्थायी क्याम्प तथा नेपाली कांग्रेसको तर्फबाट उक्त क्षेत्रबाट विजयी डा. अमरेश कुमार सिंह लगायतलाई विपक्षी बनाएर निर्वाचनमा धाँधली गरेको भन्दै उजुरी हालेका थिए ।
अदालतले केही दिनअघि विपक्षीहरुका नाममा जवाफ पेश गर्न आदेश जारी गरेको थियो । अदालतको उक्त आदेश मुद्धामा विपक्षी बनाईएका विभिन्न निकायहरुमा आएको बताईएको छ ।
निर्वाचनका क्रममा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले संविधान सभा अदालतको पत्र आएको आफूले जानकारी पाएको उल्लेख गर्दै विस्तृतमा भने थाहा नभएको बताए । ‘‘म आज भर्खरै जिल्ला आईपुगेको छु ।’’ शुक्रबार सर्लाही दैनिकसँग कुरा गर्दै अधिकारीले भने–‘‘पत्र आएको जानकारी मात्र पाएको छु, विस्तृतमा हेर्न पाएको छैन ।’’
उजुरीकर्ता रायले नेपाली कांग्रेसका उम्मेद्वार सिंहले निर्वाचनका क्रममा मतदानको दिन मतदाताहरुलाई कुटपीट एवं गोली प्रहार गरि घाईते बनाईएको र विभिन्न मतदान केन्द्र कब्जामा लिएर  मतपत्रमा एकतर्फी छपाई गरेको दावी गर्दै उजुरी हालेका हुन् । उक्त कार्यमा सहयोग पु¥याएको दावी गर्दै उनले विभिन्न सरकारी एवं आयोग सम्बद्ध निकायलाई पनि विपक्षी बनाएका हुन् ।

No comments:

Post a Comment