मुटुरोगको शिविर सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ३० । सर्लाही समाजसेवी कल्याणकारी परिवारको आयोजनामा सदरमुकाम मलंगवामा हृदयरोग उपचार शिविर सम्पन्न भएको छ ।
शिविरमा ४ सय ४५ जना सर्वसाधारणको मुटुरोग सम्बन्धी परिक्षण गरिएको आयोजकले बताएका छन् । जसमा २ सय १५ जनाको ईसिजी लगायत परिक्षण गरिएको थियो । शनिबार साँझ अवेरसम्म शिविर चलेको थियो । शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका डा. विनय रौनियारको नेतृत्वमा १८ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रम पंचकन्या अस्पताल मलंगवा परिसरमा गरिएको समाजसेवी रामबहादुर अमात्यले बताए ।
No comments:
Post a Comment