Saturday, December 21, 2013

बृद्धबृद्धालाई कपडा वितरण

बृद्धबृद्धालाई कपडा वितरण
सर्लाही समाचारदाता
कालिन्जोर, पुस ६ । कालिन्जोर गाविसले शनिवार गाविस भित्रका २६ जना बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ ।
बढ्दो चिसोबाट जोगाउन आर्थिक बिपन्नता भएका गाविस भित्रका ८५ वर्ष नाघेका बृद्धहरुलाई ऊनको दौरा, सुरुवाल र बृद्धाहरुलाई साडी चोलो वितरण गरेको हो । साथै उनिहरुलाई सिलाउने खर्च बापत २ सय रुपैँया समेत प्रदान गरिएको छ ।
गाविस सचिव गोबिन्द प्रसाद ढुङ्गेलको अध्यक्षतामा  बृद्धबृद्धाहरुलाई कपडा वितरण गरिएको हो । कपडा पाएपछि बृद्धबृद्धाहरु निकै खुशी भएका गाविस कार्यालयले जनाएको छ  ।

No comments:

Post a Comment