Friday, December 20, 2013

सामुदायिक मेलमिलाप समिक्षा

सामुदायिक मेलमिलाप समिक्षा
सर्लाही समाचारदाता
मलंगवा, पुस ५ । सम्पूर्ण नेपालीहरुको प्रभावकारी न्याय प्रणालीसम्म पहुँच पु¥याई समुदायमा स्थिर तथा दिगो शान्ति कायम गर्नुपर्ने लक्ष्यका साथ संचालित सामुदायिक मेलमिलाप परियोजनाको शुक्रबार मलंगवामा समिक्षा गरिएको छ ।
कार्यक्रममा गत जुनदेखि नोभेम्बरसम्म भएका क्रियाकलापहरु सार्वजनिक गर्दै समिक्षा गरिएको थियो । ग्रामीण सामुदायिक विकास केन्द्र हरिपुरको आयोजना भएको समिक्षा कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक निर्मला काफ्लेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जग्गा सम्बन्धि विवाद सबैभन्दा बढी ५७ वटा दर्ता भएकोमा ५१ वटामा मिलापत्र भई बाँकी ६ वटा प्रकृयामा रहेको उल्लेख छ । त्यस्तै लेनदेन २१ दर्तामा १८ मिलेको, क्षतिपुर्ति १६ दर्तामा सबै मिलेको, सार्वजनिक सम्पत्तिमा २१ दर्तामा २० मिलेको, कुटपिटमा १० दर्तामा सबै मिलेको, झै झगडा ३८ वटा मुद्धा दर्तामा ३८ वटा मिलेको उल्लेख छ । सन २००८ देखि शुरु कार्यक्रम २०१३ सँगै समाप्त हुने भएकाले यसको निरन्तरताका लागि माग गरिएको छ । अमृत चालिसेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला न्यायधिस कृष्णकमल अधिकारी, अतिथीहरु स्थानिय विकास अधिकार उमेश बस्नेत, बार एसोसियसन जिल्ला अध्यक्ष मोहन राय, महिला मञ्चकी भारती झा लगायतका वक्ताहरुले सामाजिक बलले कानूनले गर्न नसकेको कार्य समेत गर्ने भएको बताए । जिल्लाका २० गाविसमा लागु भएको सो परियोजनाका सबैवडामा एक÷एक समूह र प्रत्येक गाविसमा महिला अधिकार मञ्चको संगठन रहेको बताइएको छ ।
त्यस्तै शुक्रबार नै नेपाल बार एसोसियसन भवनमा बसेको परियोजना जिल्ला सल्लाहकार समितिको बैठकले कार्यक्रम प्रभावकारी भएकाले समयावधी बढाउन पहल गर्ने निर्णय गरेको छ । जिल्ला न्यायधिस कृष्णकमल अधिकारीको सभापतित्वमा भएको बैठकले सो निर्णय गरेको हो ।

No comments:

Post a Comment