सहयोग प्रदान
सर्लाही समाचारदाता
घुर्कौली, मङ्सिर ३० । आÇनी आमा दिवंगत भएको पूण्यतीथिमा काठमाण्डौ निवासी एक दाताले घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहलाई सहयोग गरेका छन् ।
बालगृहमा आश्रीत बालबालिकाका लागि जाडोयाममा प्रयोग हुने ३० हजार बराबरका कपडाहरु चन्द्रबहादुरले सहयोग गरेका हुन् । हाल हङ्कङमा रहने गरेका चन्द्रबहादुरले आÇनी आमा चन्द्रमाया लिम्बुको मृत्यु भएको पञ्च वार्षिकीको पूण्यतीथिमा द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकाका लागि १६ वटा ओड्ने ‘ब्लाङ्केट’ र ११ वटा तौलिया (ट्रवेल) सहयोग गरेका हुन् । आईतबार एक समारोहबीच उनको सहयोग बालबालिकालाई हस्तान्तरण गरिएको थियो । लामाका अनुसार मृतक चन्द्रमायाका ज्वाँई काठमाण्डौ निवासी राजेश थापाले सो सहयोगको मेसो मिलाईदिएका हुन् ।
No comments:
Post a Comment